काठमाडाैं ।। सरकारले एसीसी प्रिमियर कपको उपाधि वितेका नेपाली क्रिकेट खेलाडीहरूलाई जनही ६ लाख रुपैयाँ पुरस्कार दिने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले क्रिकेट खेलाडी र मुख्य प्रशिक्षकलाई जनही ६ लाख रुपैयाँ दिने निर्णय गरेको सूचना तथा सञ्चार प्रविधि मन्त्री तथा सरकार प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।
उनका अनुसार राष्ट्रिय क्रिकेट टिमका अफिसियललाई भने सकारले जनही तीन लाख रुपैयाँ दिने भएको छ । बैठकले कीर्तिपुर क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन आगामी बजेटमा आवश्यक रकमको व्यवस्था गर्ने निर्णय गरेको उनले बताइन् ।
मंगलबार भएको एसिसी प्रिमियर कपको फाइनलमा नेपालले युएईलाई ७ विकेटले हराएको थियो । एसिसी प्रिमियर कपको उपाधि जितेसँगै नेपाल एसिया कपका लागि छनौट भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here