काठमाडौं ।। राष्ट्रपति कार्यालयको वेबसाइटमा राष्ट्रपतिको फोटो फेरिएको छ ।नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलका सहयोगीले राम्रो बनाउन फोटो एडिट गर्दा राष्ट्रपतिको हुलिया नै फरक रहेको फोटो वेबसाइटमा राखिएको थियो ।
सचिवालयका अनुसार पौडेलको दाहिने आँखामुनी र बाँया गालामा कोठी रहेकोमा यसअघि राखिएको फोटोमा कोठी मेटाइएको थियो । यस्तै उमेरका कारण प्राकृतिक रुपमा आँखाको बाहिर रहेका रिङ्कल (चाउरीपन) पनि फोटोमा हटाइएको थियो ।
अहिले भने सूचना विभागका तर्फबाट खिचिएको फोटो वेबसाइटमा अपलोड भएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here