रौतहट ।। रौतहट जिल्लाको सदरमुकाम गौर स्थित ऐतिहासिक मैदान गौर राइस मिलको प्रांगणमा हुन गई रहेको भव्य श्री श्री अन्नत श्री विष्णु महायज्ञको तयारी तीव्र रुपमा भई रहेको छ ।
सनातन धर्मको रक्षा , संरक्षण तथा विश्व कल्याण हेतु २०७९ साल फाल्गुन ४ गते देखि शुरू हुने श्री विष्णु महायज्ञको लागि भव्य यज्ञ मंडपको निर्माण कार्य तीब्र रुपमा भई रहेका हुन ।
भगवान श्री रामको जन्म भूमि आयोध्या धामको संत श्री राम अनुग्रह दास जी महाराजको विशेष पहलमा हुने महायज्ञको तयारी जोरशोरले अगाडी बढ़ी रहेको श्री विष्णु महायज्ञ आयोजक समितिका अध्यक्ष पवन कुमार गुप्ताले जानकारी गराएका छन ।
करीव ४ विघा क्षेत्रफल रहेको उक्त राइस मिलको मैदानमा रौतहट जिल्लाको लागि अतिनै महत्त्व भएको महायज्ञ हुन लागेको अध्यक्ष गुप्ताको भनाइ रहेको छ ।
महायज्ञले शांति अमन कायम हुनुको साथै सदियौ देखिको हिन्दू सनातन धर्मको रक्षा ,संरक्षणमा ठूलो योगदान पुग्ने गुप्ताको विश्वास रहेको छ । ५१ कुंडीय महायज्ञको लागि विशाल ९ तल्ले यज्ञ मंडपको निर्माण भई रहेको बताउँदै नेपाल र भारतका विभिन्न प्रसिद्द धार्मिक स्थल धामबाट धार्मिक गुरु , प्रवचनकर्ता , साधुसंत महात्माहरुको सहभागिता हुने बताइएको छ ।
करीव २ करोड़को लगत रहेको विष्णु महायज्ञ १० दिन सम्म चलने र पहिलो दिन विशाल कलश शोभा यात्राको आयोजना गरिने कार्यक्रम रहेको उहाले बताए ।
कलश शोभा यात्रामा सहभागी हुने १ हजार ८ कन्या कुमारीलाइ एउटै रंग भगवा रंगको पोशाक हुनेछन । पित्तलको कलश सहित निकालिने शोभा यात्रामा बाजा गाजा , हाथी घोडा , रथ ,को साथै हेलीकप्टरबाट पुष्प बर्षा गराउने तयारी समितिको रहेको छ । कलश यात्रामा २५ हजारको संख्यामा स्थानियहरुको सहभागीता गराउने तयारी रहेको छ ।
नेपाल र भारतबाट आउने दर्शनार्थीको लागि बसने तथा खाने सुविधा समेत गरिएको अध्यक्ष गुप्ताले जानकारी दिएका छन । अखंड रामधुन , ५१ कुण्डमाँ हवन , बृंदाबनको रासलीला , प्रवचन कथा दैनिक रुपमा हुने श्री राम अन्यग्रह दास महाराज ले बताएका छन ।
महायज्ञमा श्री श्री १००८ श्री अबधेश दास जी महाराज , श्री श्री १००८ श्री जन्मेजय शरण जी महाराजको उपस्थति हुने छन । अंतराष्ट्रीय कथा प्रवचनकर्ता हेमलता शास्त्री जी कथावाचन गर्ने जानकारी गराइएको छ ।
महायज्ञ संपन्न गराउनको लागि नेपाल र भारतका ७५ जना आचार्य रहने आयोजक समितिले जनाएको छ । महायज्ञको शोभा बढाउनको लागि १०८ विभिन्न देवी देबताको प्रतिमा बनाउने कार्य जारी रहेको छ ।
महायज्ञ हेर्न आउने भक्तजनको मनोरंजनको लागि झूला , मौतको कुवा , विभिन्न किसिमका खेल तमाशा देखाउने कलाकारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
गौर नगरपालिका , राजदेवी नगरपालिका, इशनाथ नगरपालिका नजिक भएकोले सवै भन्दा बढी दर्शानार्थीहरु लाभ लिन सकिने छन । रौतहट, सर्लाही र बारा जिल्लाको साथै गौर नजिक भारत बिहार राज्यको बैरगनिया , अशोगी, ढेग,चैनपुर,मोतिहारी लगायतका अन्य गाउ,शहरबाट अधिक संख्यामा महायज्ञ हेर्न स्थानिय भक्तजन आउने अनुमान गरिएको छ ।
महायज्ञको लागी गाउ गाउमा सहयोग राशी संकलन हुने कार्य जारी रहेको हुदा इच्छा अनुसार सहयोग गरी महायज्ञको सफल बनाइदिन आयोजक समितिले आग्रह गरेका छन ।
रौतहटको गौरमा हुने अन्नत विष्णु महायज्ञको तयारी तीब्र
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।