जनकपुर ।। मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेश सभामा सबै दलबाट विश्वासको मत पाएका छन्। बुधबार प्रदेश सभामा विश्वासको मतको पक्षमा १०२ सांसदले मतदान गरेका छन्। हाल मधेश प्रदेश सभामा १०५ सांसद छन्। बैठकमा तीन सांसद अनुपस्थित रहेका थिए। नेकपा (माओवादी केन्द्र) बाट निर्वाचन दुई सांसदको शपथ ग्रहण हुन सकेको छैन।
मुख्यमन्त्री यादवलाई प्रदेश सभामा प्रतिनिधित्व गर्ने १० वटै दल र स्वतन्त्र सांसदले पनि विश्वासको मत दिएका हुन्। जसमा नेकपा (एमाले) का २३, जनता समाजवादी पार्टीका १६, जनमत पार्टीका १३, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नौ, नेकपा (माओवादी केन्द्र) का सात, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल संघीय समाजवादी पार्टीका एक÷एक तथा दुई जना स्वतन्त्र सांसदले विश्वासको मत दिएका छन्।
त्यस्तै, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले पनि मुख्यमन्त्री यादवलाई विश्वाससको मत दिएको छ। प्रदेश सभामा प्रतिपक्षमा बस्नेगरी कांग्रेसका २२ जना सांसदले मत दिएका हुन्। नेकपा (एकीकृत समाजवादी)का सात जना सांसद पनि विपक्षी बेन्चमै बस्नेछन्। यादव गत पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here