रौतहट ।। बलिदानी दिवसको अवसरमा रौतहट जिल्लाको सदरमुकाम गौर स्थित राईस मिलको सभा हलमा बैड मिन्टन प्रतियोगिता आयोजना गरिएको छ ।
मधेश आन्दोलनको क्रममा आहुति दिएका बीर शहीदहरुको समझनामा प्रत्येक वर्ष माघ ५ गतेका दिन मनाउने बलिदानी दिवसको अवसर परेर समाजवादी विद्यार्थी यूनियनको आयोजनामा उक्त प्रतियोगिता शुरू गरिएको हो ।
दियालो युवा क्लबको सहकार्य समन्वयमा भई रहेको बैडमिंटन प्रतियोगितामा नेपाली सेना , नेपाल प्रहरी , सशस्त्र प्रहरी , नेपाल पत्रकार महासंघ , प्रहरी विद्यालय सहित ११ टीमको सहभागिता रहेको आयोजक सस्थाका अध्यक्ष ललन यादवले जानकारी दिएका छन ।
नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष प्रेमचन्द्र झा ले उदघाटन गरेका सो प्रतियोगितामा प्रथम हुने टीम ११ हजार ,द्वितीय हुने टीमलाइ ७ हजार र तृतीय हुने टीमलाइ ५ हजार रुपैया पुरुस्कार दिइने अध्यक्ष यादवले बताए ।
प्रतियोगितामा बिजाई हुने टीमलाइ माघ ५ गते एक कार्यक्रम आयोजना गरी पुरुस्कार र प्रमाण पत्र वितरण गरिने कार्यक्रम रहेको आयोजक सस्थाले जनाएको छ ।
मधेशी जनताको हकÞ हित र अधिकारको लागि भएको मधेश आन्दोलनको क्रममा रमेश महतो शहीद भएकोमा सोही दिनको समझनामा माघ ५ गते बलिदानी दिवसको रुपमा मनाऊदै आएका छन ।
बलिदानी दिवसको अवसरमा ज्यान गुमाएका बिरशाहीदहरुको तस्वीरमा माल्यार्पण गरी दिवस मनाइने छन ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here