काठमाडाैं ।। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज सर्वदलीय बैठक आह्वान गर्नुभएको छ । दिउँसो चार बजे सर्वदलीय बैठक बस्न लागेको हो । मन्त्रिपरिषद् विस्तारपछि सर्वदलीय बैठक बस्ने तयारी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री प्रचण्डले आफूलाई विश्वासको मत दिएका दलहरूसँग छलफल गर्न लाग्नुभएको हो । बैठकमा सभामुख, उपसभामुख, राष्ट्रपति, उपराष्ट्रपति पदको निर्वाचनका बारेमा पनि कुराकानी हुने नेताहरूको भनाइ छ । नेपाली काँग्रेसले माओवादी केन्द्रले राष्ट्रपति र सभामुखको निर्वाचनमा काँग्रेसलाई सघाउने नेता चन्द्र भण्डारीले बताउनुभयो । उहाँका अनुसार आजको सर्वदलीय बैठकमा यस बारेमा पनि कुराकानी हुने छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।