काठमाडाैं ।। आज मन्त्रिपरिषद् विस्तार हुने भएको छ । सत्ता साझेदार दलबीच मन्त्रालय बाँडफाँटको विषयमा सहमति भएपछि आज नै शपथग्रहणको कार्यक्रम तय भएको छ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेका अनुसार मन्त्रालय बाँडफाँट सकिएकाले आज दिउँसो १ बजे शपथग्रहण कार्यक्रम तय भएको छ । हिजो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीबीच मन्त्रालय बाँडफाँटको विषय टुङ्ग्याएको हो । नेताहरूका अनुसार एमालेले ८, माओवादी केन्द्रले ५, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले ३÷३ र जनमत पार्टीलाई एउटा मन्त्रालय दिने सहमति बनेको छ । जसपाले उपराष्ट्रपतिमा दावी गरे पनि नपाउने स्थिति बनेपछि सरकारमा जाने वा नजाने भन्ने बारेमा निर्णय गर्न बाँकी रहेको प्रवक्ता मनिस सुमनले बताउनुभयो । गत पुस १० मा प्रधानमन्त्री प्रचण्डले शपथग्रहणसँगै उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ र उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई नियुक्त गर्नुभएको थियो । बिनाविभागीय मन्त्रीमा ज्वालाकुमारी साह, दामोदर भण्डारी, राजेन्द्रकुमार राई र अब्दुल खान नियुक्त हुनुभएको थियो ।
आज मन्त्रिपरिषद् विस्तार हुने, दिउँसो १ बजे मन्त्रीहरूको शपथ
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।