काठमाडाैं ।। अस्ट्रेलियामा दुई वटा हेलिकोप्टर ठोक्किँदा चार जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् । गोल्ड कोष्टको सी वल्ड नजिकै दुई वटा हेलिकोप्टर ठोक्किएको बीबीसीले जनाएको छ । एउटा उडान भर्ने क्रममा र अर्को अवतरण गर्ने क्रममा ठोक्किएका खबरमा उल्लेख छ । अस्ट्रेलियाको यातायात सुरक्षा ब्युरोले घटनाको अनुसन्धान सुरु गरेको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।