राैतहट ।। स्रोत नखुलेको भारतीय रुपैया सहित २ जना पक्राउ परेको छ । जिल्ला भन्सार कार्यालय गौरको अगाडी ड्यूटीमा रहेका भन्सार सुरक्षा गार्ड र सशस्त्र प्रहरी बल बीओपी गौरको संयुक्त टोलीले चेकजाच गर्ने क्रममा ४ लाख ४९ हजार ५ सय स्रोत नखुलेको रकम सहित २ जना लाइ पक्राउ गरेको हो ।
भारतबाट बी आर ०५ ए एन १५९० नम्बरको मोटर साइकल रोकर चेकजाच गर्दा भारत विहार राज्य मोतिहारी जिल्ला मोतिहारी नगरपालिका वड़ा नम्बर ३५ न्यू गोपालपुर बलहा चौक बस्ने ३५ वर्षीय आजाद कुमार मालाकार र सोही ठाउ बस्ने संजीव कुमार तिवारी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
चेकजाच गर्ने क्रममा मालाकार बाट २ लाख ४५ हजार र तिवारी बाट २ लाख ४ हजार ५ सय रुपैया बरामद भएकोमा कÞानूनी कार्यवाहिको लागि राजश्व कार्यालय पथलैया पठाइएको प्रहरी नायव उपरीक्षक उमाशंकर यादवले जानकारी दिएका छन ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here