काठमाडौं । मधेस प्रदेशसभामा पहिलो पटक प्रवेश गर्न लागेको जनमत पार्टीले संसदीय दलको नेता चयन गर्ने जिम्मा पार्टी अध्यक्ष डा. सिके राउतलाई दिएको छ । सो पार्टीको जनकपुरधाममा बसेको संसदीय दलको बैठकमा सहमति नजुटेपछि दलको नेता छान्ने जिम्मा अध्यक्ष राउतलाई दिने निर्णय गरिएको थियो । मधेस प्रदेशसभामा १३ सिटसहित बनेको जनमत पार्टीमा संसदीय दलको नेता बन्न सञ्जय यादव, चन्दन सिंह, बसन्त कुशवाहा, सतिश सिंह, महेश कुमार यादव लगायतका नेता आकांक्षी रहेका छन् ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।