काठमाडौं ।। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच बुधबार बिहान भेटवार्ता भएको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष नेपालबीच ललितपुरस्थित एक घरमा भेटवार्ता भएको बुझिएको छ ।
उक्त भेटवार्तामा प्रधानमन्त्रीले प्रचण्डले अध्यक्ष नेपाललाई सरकारमा सहभागी हुन आग्रह गरिएको बताइएको छ । उक्त आग्रहमा अध्यक्ष नेपालले के भने भन्नेबारे प्रष्ट भइसकेको छैन ।
नेपाली काँग्रेससँगको गठबन्धन छाडेर आएका प्रचण्ड नेकपा एकीकृत समाजवादी बाहेकका नै एमालेसहितका ७ दलको समर्थनमा प्रधानमन्त्री बनेका छन् ।
प्रचण्ड प्रधानमन्त्री बनेपछि माधव नेपाल सरकारलाई समर्थन गर्ने या प्रतिपक्षमा बस्ने भन्नेमा अन्योलमा छन् । यहीबीच प्रधानमन्त्री प्रचण्ड र नेपालको भेटलाई महत्वकासाथ हेरिएको छ । यसअघि अध्यक्ष नेपाललाई नेकपा एमालेले पनि औपचारिक रुपमा सरकारमा सहभागी हुन आग्रह गरेको छ ।
मंगलबार उपप्रधानमन्त्री समेत रहेका एमाले उपाध्यक्ष विष्णु पौडेलले अध्यक्ष नेपाललाई भेटेर सरकारमा आउन आग्रह गरेका थिए ।
माधव नेपललाई सरकारमा आउन प्रधानमन्त्रीकाे आग्रह
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।