काठमाडाैं ।। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीकाे निवास बालकाेटमा सरकार गठनबारे छलफल गर्न चार दलबीच बैठक सुरु भएकाे छ । बहुमतसहित सरकारको नेतृत्वमा दाबी गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको सात दिनको समयसीमा सकिनै लाग्दा नेताहरू शक्ति बाँडफाँटका लागि सहमति जुटाउने अन्तिम प्रयासमा छन् । राष्ट्रपतिले दिएको समयसीमा आज साँझ ५ बजे सकिँदैछ ।
गठबन्धनमा रहेका दलहरू बीचमा पनि कुरा मिल्न सकेको छैन । एमालेले पनि विभिन्न दलहरूसँगको छलफललाई तीव्रता दिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न विभिन्न दलका नेताहरू बालकोट पुगेका छन् ।
सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय सकिनै लाग्दा अध्यक्ष ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भेटवार्ता भएको छ । त्यस्तै, ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेबीच पनि भेट भएको छ ।
ओलीकाे निवास बालकाेटमा चार दलबीच बैठक सुरु
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।