काठमाडाैं ।। सत्ता गठबन्धन विघटनको डिलमा पुगेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा चहलपहल बढेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, जसपाका संघीय परिषद् अध्यक्ष अशोक राई बालकोट पुगेका छन् भने केहीबेरमा माओवादी अध्यक्ष पनि पुग्ने स्रोतले दाबी गरेको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन बालकोट पुगेर छलफल गरी बाहिरिएका छन् ।
प्रधानमन्त्री र राष्ट्रपति दुवै पदमा कांग्रेसले दाबी नछाडेपछि माओवादीले गठबन्धन छाड्ने परिस्थिति बनेको हो । अब एमाले, माओवादी, रास्वपा, राप्रपा र जसपाबीच गठबन्धन गरेर सरकार बनाउने सम्भावनाबारे छलफल शुरू भएको छ ।





