रौतहट ।। रौतहटसहित तराइमा शीतलहर सुरु भएको छ। बिहानैदेखि जिल्लाको सदरमुकाम गौर,गरुडा, चपुरलगायतका ठाउँमा बाक्लो हुस्सु लागेको छ।
बाक्लो हुस्सु र शीतलहरका कारण स्थानीय घरबाहिर निस्कन सकेका छैनन्। सडकमा गाडी र व्यक्तिको आवतजावत पातलिएको छ। बिहानी कक्षा सञ्चालन हुने क्याम्पस र विद्यालयमा पठनपाठन प्रभावित बनेको छ।
बाक्लो हुस्सु र कुहिरोका कारण जनजीवन प्रभावित भएको छ। शीतलहर सुरु भएपछि रौतहटका तरकारी खेती गर्दैआएका किसान चिन्तित भएका छन्।
जाडोयाम सुरु भएपछि आफ्नो छोराछोरी र घरपरिवारलाई न्यानो बनाउने । जाडोका कारण बालबालिका तथा ज्येष्ठ नागरिक प्रभावित हुँदै आएका छन्। शीतलहरबाट जनजीवनसमेत प्रभावित बनेको छ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।