रौतहट ।। रौतहट जिल्लाको सदरमुकाम गौरमा श्री श्री अन्नत श्री विष्णु महायज्ञ हुने भएको छ । २०७९ फाल्गुन ४ गते देखि शुरू महायज्ञको लागि गौर राइस मिलको मैदानमा मंगलवार देखि पंडाल निर्माणको कार्य शुभारम्भ भएको हो ।
विश्व कल्याण हेतु तथा सनातन धर्मको रक्षा गर्ने उदेश्यले यो ५१ कुंडीय श्री विष्णु महायज्ञको आयोजना गरिएको महायज्ञका अध्यक्ष श्री राम अनुराग दास महाराजले जानकारी दिएका छन ।
भव्य रुपमा हुन लागेको महायज्ञको अनुमानित लागत २ करोड़ रहेको छ । महायज्ञमा भारत तथा नेपालका ख्याति प्राप्त संत ,महंथ तथा कथाबाचकहरु आउने छन ! बृंदाबन , अयोध्या , बनारस लगायतका प्रसिद्द धार्मिक स्थलका संतहरु आउने अध्यक्ष दास ले जानकारी गराए ।
बृंदाबन धाम बाट कथाबाचिका हेमलता शास्त्री , अयोध्या धाम बाट श्री श्री १००८ श्री जन्मेजय शरण जी महाराज , श्री श्री १००८ श्री पूज्य महंथ श्री अवधेश दास जी महाराज को उपस्थति रहने आयोजकले जनाएको छ ।
महायज्ञको भव्य बनाऊंन को लागि धार्मिक प्रबचन , रास लीला , झूला , खेलतामासा ,सहित मनोरंजनका कार्यक्रमहरु हुने छन । भक्तजनहरुलाई विशेष सुविधाको व्यवस्था समेत गरिएको तयारी समितिका संयोजक संतोष केसरीले जनाएको छ ।
महायज्ञको सफलताको लागि रौतहट जिल्लाबासी तथा छिमेकी मुलुक भारतका सर्व साधारण संग सहयोग गर्न यज्ञका अध्यक्ष राम अनुग्रह दास बिकाश बाबा ले आग्रह गरेका छन । महायज्ञ फाल्गुन ४ गते देखि शुरू भएर १४ गते संपन्न हुने आयोजकले जनाएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here