काठमाडाैं ।। हाइटी सरकारले हैजाविरुद्धको खोप लगाउने तयारी गरेको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार यसै साताबाट हाइटीमा हैजाविरुद्धको खोप अभियान सुरु हुनेछ ।हैजाविरुद्धको १ करोड १७ लाख खोप प्राप्त भइसकेकाले यसै साताबाट देशव्यापी खोप अभियान सुरु गर्ने तयारी रहेको हाइटीका स्वास्थ्यमन्त्री लौरे एड्रिनले जानकारी दिनुभयो । अमेरिकाको स्वास्थ्य संस्था पीएएचओ र विश्व स्वास्थ्य सङ्गठनको क्षेत्रिय निर्देशनालयले हाइटीलाई हैजाविरुद्धको खोप उपलब्ध गराएको हो । हाइटी स्वास्थ्य मन्त्रालयका अनुसार हैजाले सबैभन्दा बढी प्रभावित भएको क्षेत्रका नागरिकलाई पहिलो चरणमा खोप लगाइने छ । गत अक्टुबर महिनादेखि हाइटीमा हैजा सङ्क्रमण फैलिएको हो । जसका कारण हालसम्म २ सय ८३ जनाको मृत्यु भइसकेको छ भने १३ हजार ६ सय ७२ जना प्रभावित भएका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here