स्याङ्जा ।। स्याङ्जा क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङ निर्वाचित हुनुभएको छ । राति सम्पन्न मतगणनाबाट गुरुङ ३१ हजार ४६६ मतसहित निर्वाचित हुनुभएको निर्वाचन अधिकृत रामचन्द्र शर्माले जानकारी दिनुभयो । गुरुङले ५ हजार ६२७ मतले एमाले केन्द्रीय सचिव पद्माकुमारी अर्याललाई पराजित गर्नुभएको हो । अर्यालले २५ हजार ८३९ मत प्राप्त गर्नुभएको छ । यसअघि २०७४ को प्रतिनिधि सभा निर्वाचनमा अर्याल यसै क्षेत्रबाट निर्वाचित हुनुभएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले ८ हजार ११३ मत प्राप्त गर्नुभएको छ । प्रतिनिधिसभातर्फ ६९ हजार ८३७ मत खसेको थियो । त्यसमध्ये ६७ हजार ६५७ मत सदर हुँदा २ हजार १८० मत बदर भएको थियो । स्याङ्जा क्षेत्र नं २ (२) मा नेपाली काँग्रेसका उम्मेदवार महेश भट्टराई बिजयी हुनुभएको छ । भट्टराईले १८ हजार ७८८ मत प्राप्त गर्दा एमाले उम्मेदवार बुद्धिमान श्रेष्ठले १७ हजार २ मत ल्याउनुभएको छ । प्रदेशसभातर्फ ३८ हजार ३९६ मत खसेकोमा ३७ हजार ८१० मत सदर र ५८६ मत बदर भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here