रौतहट ।। रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ बाट प्रहरीले ठूलो परिणाममा लागू औषध गाजा बरामद गरेको छ ।
विशेष सूचनाको आधारमा जिल्लाको प्रहरी कार्यालय गौर बाट खटि गएको टोलीले गौर नगरपालिका वड़ा नम्बर ३ माँ रहेको फलक पा‘ल्ट्री फार्ममा जमीन मुनि गाडेर राखेको अवस्थामा ७ वटा पोकामा करीव २ सय ४० किलो लागू औषध गाजा बरामद गरेको हो ।
नेपाल बाट भारतमा लागेको चर्को मूल्यमा बिक्री गर्ने उदेश्यले लुकाएर राखिएको उक्त परिणाम बरावरको करीव ४० लाख मूल्यको गाजा प्रहरीले बरामद गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
गाजा ओसार पोसार कार्यमा प्रयोग भएको ट्रक सहित चालक पक्राउ परेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा बागमती प्रदेश ०१–००६ ख २८३० नम्बरको ट्रक को चालक मकवानपुर ३ निवासी सुरेन्द्र सांगतांग रहेका छन सांन्गतांगले २० लाखमाँ खरीद गारी ल्याएको बताएका छन ।
गौर नगरपालिका ३ निवासी फार्म संचालक अफरोज आलमले आफ्नो फार्म भाड़ामा भारतीय नागरिक जमशैद आलमलाइ दिएको बताएका छन ।
धादिंगबाट खरीद गरी गौरमा लुकाएर राखिएको अवस्थामा बरामद भएको ७ पोका सहितको गाजा , ट्रक र चालक कार्यवाहिको लागि प्रहरी हिरासतमाँ राखी अनुसन्धानको कार्य अगाडी बढ़ाइएको प्रहरीले जनाएको छ ।





