काठमाडाैं ।। राष्ट्रपति विद्यादेवी भण्डारीले किराँत धर्मावलम्बीका महागुरु समेत रहेका राष्ट्रिय विभूति फाल्गुनन्द लिङदेनले समाज सुधारका लागि खेलेको भूमिका अहम रहेको बताउनुभएको छ । १३८औं फाल्गुनन्द जयन्तीको अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले किराँत धर्म र संस्कृतिको मौलिक पहिचान र संरक्षणमा लिङ्देनको योगदान महत्वपूर्ण रहेको बताउनुभएको हो । लिङ्देनको भूमिकाको कदर गर्दै पाँचथर, ताप्लेजुङ्ग, तेह्रथुम, इलाम र झापा लगायत नेपालका पूर्वी जिल्लामा विभिन्न कार्यक्रमको आयोजना गरी जन्मजयन्ती मनाउने गरिन्छ ।





