रौतहट ।। रौतहटको १४९ वटा मतदान स्थल अति संवेदनशीलको सूचीमा राखिएको छ । सुरक्षाको चुनौती बढ़ी रहेको मतदान स्थल अति सम्बेदंशीलको सूचीमा राखिएको हो ।
आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन भयरहित बातावरणमा संपन्न गराउनको लागि रौतहटको २७६ मतदान स्थलको अति संवेदनशील , संवेदनशील र सामान्य अवस्थामा बर्गीकरण गरी सोही अनुसारको सुरक्षा व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर शाहीले जानकारी गराएका छन ।
जिल्लाको १०१ मतदान स्थल सम्बेदनशील र २६ मतदान स्थल सामान्य अवस्थामा राखिएको छ । स्थानीय तहको निर्वाचनमा दोहोरिएको निर्वाचन भएको ठाउलाइ अति सम्बेधनशीलको सूचीमा राखिएको प्रजिअ शाहिले बताए ।
११ ठाउमा दोस्रो पटक निर्वाचन भएको थियो । स्थानीय तहको निर्वाचनमा अतिसम्बेदनशीलमा नपरेको ठाउ प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा अतिसम्बेदनशीलको सूचीमा समाबेश गरिएको हो ।
स्वच्छ ,निष्पक्ष र धांधली रहित निर्वाचन संपन्न गर्न स्थानीय प्रशासन त्यार रहेको बताउँदै कुनै कसैको डर त्रास भयमा नपरी निर्धारक रुपमा सहभागी भई मतदान गर्न मतदाताहरु सित आग्रह गरेका छन ।
सुरक्षाको लागि जिल्ला भरिमा १० हजार भन्दा बढ़ी सुरक्षाकर्मी परिचालन गरिने प्रमुख जिल्ला अधिकारी शाहिले बताए ।
शाहीका अनुसार पहिलो घेरा मतदान केन्द्र र मतपेटिकाको सुरक्षाको लागि नेपाल प्रहरी रहने छन भने दोस्रो घेरामा सशस्त्र प्रहरी खटिने छन । बाहिरि सुरक्षाको लागि नेपाली सेना परिचालन गरिने छन ।
असशक्त , अपांग . जेष्ठ नागरिकका लागि सम्वन्धित मतदान अधिकृतको स्वीकृति लिएर गाडी प्रयोग गर्न पाउने व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी शाहीले जानकारी दिएकाछन ।
सार्वजानिक ठाउमा प्रयोग गरिएको निर्वचन चिन्ह अंकित झण्डा , बैनर , हटाउने कार्य भई रहेको उहाले बताए ।
जिल्ला भरिमा मदिरा विक्री वितरण र सेवनमा मतगणना संपन्न नभए सम्मको लागि प्रतिबन्ध लगाइएको बताउँदै प्रमुख जिल्ला अधिकारी शाहिले निर्णयको अबज्ञा गरेको पाइएको अवस्थामा निर्वाचन व्यवस्था निर्देशिका बमोजिम कÞानूनी कार्यवाही समेत गरिने चेतावनी दिएका छन ।
Home प्रदेश समाचार मधेश प्रदेश रौतहटकाे १४९ मतदान स्थल अतिसम्बेदनशील , १० हजार भन्दा बढ़ी सुरक्षाकर्मी ...





