रौतहट ।। रौतहटको माधवनारायण नगरपालिका वार्ड नं. ६ का अवकाश राष्ट्रसेवक कर्मचारीहरु लाई सम्मान तथा नवप्रवेशी कर्मचारीहरुलाइ स्वागत कार्यक्रम सम्पन्न गरेको छ ।
मधवनारायण नगरपालिकाका नगर प्रमुख बैजनाथ यादव बैजुको प्रमुख आतिथ्य तथा वार्ड नं. ६ माधोपुरका वडा अध्यक्ष राम नरेश राय यादवको विशिष्ट आतित्थयमा राष्ट्रसेवक मिलन केन्द्र, माधवनारायण न पा ६ माधोपुरका संयोजक अमृष भगत आयोजनामा सम्पन्न कार्यक्रमक माधोपुरका नेपाल विधुत प्राधिकरण गौर शाखाको प्रमुख विजय महतो सहित अन्य नवप्रवेशी कर्मचारीहरुलाई समेत संस्थामा स्वागत गरिएको छ ।
छठ पर्वको अवसरमा आयोजित यस्ता कार्यक्रमे हाम्रो समाजलाई एकिकृत गर्न मदत गर्ने सहभागिहरुको भनाई रहेको थियो । माधवनारायण नगरपालिकाको सभा हलमा सम्पन्न कार्यक्रमको संचालन नागेन्द्र पटेलले गरेका थिए

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here