रौतहट ।। रौतहट निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका स्वतन्त्र उम्मेदवार रेवन्त झा ले आफ्नो उम्मेदवारी फिर्ता लिदै नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन ।
जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य समेत रहेका झा ले विहिवार आफ्नो निजी निवासमा जसपा पार्टी परित्याग गरी नेकपा एसमा प्रबेश गरेका हुन ।
नेकपा एस का अध्यक्ष एवं रौतहट निर्वाचन क्षेत्र १ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार माधव कुमार नेपालले माला लगाएर पार्टी प्रबेश गराएका छन ।
मङ्सिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा जसपाका योगेन्द्र यादव र निवर्तमान प्रदेश सांसद बाबूलाल साहले निर्वाचनमा सहयोग गर्ने प्रतिबद्धता जनाएकोले आफु स्वतन्त्र रुपमा मनोयन पत्र दर्ता गराएको बताए ।
नेता झा ले जसपाका योगेन्द्र यादव र बाबूलाल साहले अहिले सँगै प्रचार प्रसार समेत नगरेको र गर्न चाहिनेलाइ समेत प्रतिबन्ध लगाउने जस्ता कार्य गरेकोले आफ्नो उम्मीदवारी फिर्ता लिएको बताए ।
उम्मीदवारी फिर्ता लिएका झा ले प्रतिनिधि सभाको उम्मेदवार माधव नेपाललाइ जिताउने अभियानमा सक्रीय योगदान दिने विश्वास समेत व्यक्त गरेका छन ।
मधेश आन्दोलनमा सक्रीय भूमिका निर्वाह गरेका झा पुनः पुरानो घर फर्केका छन । तत्कालीन नेकपा एमालेमा माधव नेपालका दाहिना हाथ भनेर चिनिएका झा फेरी नेता नेपाल सित जोडिएको हुन ।
माधव नेपाल अहिले नया पार्टीका अध्यक्ष हुन । नागरिकता विधयेकको विरोध गर्ने पार्टी नेकपा एमाले सित जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आफ्नो सत्ता स्वार्थको लागि गठवंधन गरेको टिपण्णी गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here