काठमाडाैं ।। नेकपा एमालेका नेता भीम रावलले पार्टी नछोड्ने घोषणा गर्नुभएको छ ।काठमाडौंमा आज पत्रकार सम्मेलन गरेर उहाँले पार्टी भित्रै रहेर न्याय र स्वाधीनताका लागि लडाई लड्ने घोषणा गर्नुभयो ।उहाँले आफूले टिकट नपाए पनि मङ्सिर ४ मा हुने चुनावमा योग्य उम्मेदवारलाई जिताउने प्रयासमा लाग्ने बताउनुभयो । आफूले राष्ट्र र राष्ट्र हितका पक्षमा बोलेकै कारण पार्टी अध्यक्ष केपी शर्मा ओलीले चुनावमा टिकट नदिएको आरोप लगाउँदै ओलीले गरेका राष्ट्रहित विपरीतका र असंवैधानिक कामको विरोध गर्दा टिकटबाट बञ्चित गरिएको पनि उल्लेख गर्नुभयो । पार्टी विभाजन रोक्नका लागि आफूहरूसँग भएको १० बुँदे सहमति पनि ओलीले कार्यान्वयन नगरेको आरोप लगाउँदै उहाँले १० बुँदे सहमति गर्नेलाई १० भाइ र १० बुँदेवाला भनेर चुनावमा टिकटमा भेदभाव गरेको बताउनुभयो । नेता रावलले पार्टीमा विधि र अनुशासन कायम नरहेको भन्दै पार्टीमा परामर्श नै नहुने गरेको र आफूविरुद्ध अनावश्यक भ्रम फैलाउने काम भएको टिप्पणी गर्नुभयो । आफूलाई प्रतिनिधिसभा सदस्यका लागि अछाम १ बाट टिकट नदिनु सुदूरपश्चिमका नेता र कार्यकर्ताको घोर अपमान भएको, पार्टीको हित र एकतामा आँच पु¥याएको रावलको भनाइ छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here