काठमाडाैं ।। राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक सत्र २०७९ को एसईई चैत दोस्रो हप्ता गर्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० तर्फले कार्यतालिका सार्वजनिक गर्दै एसईई परीक्षा सञ्चालन चैतको दोस्रो सातादेखि गर्ने र नतिजा २०८० असार तेस्रो हप्ता सार्वजनिक जनाएको हो ।कार्यतालिका अनुसार प्रदेशले कक्षा १० को परीक्षाको लागिआवेदन फाराम छपाई र वितरणकार्तिक मसान्तसम्म, जिल्लाले आवेदन फाराम भराउने मङ्सिर मसान्तसम्म र गत वर्षको रजिष्ट्रेसन तथा यस वर्षको आवेदन फाराम इन्ट्री पुष मसान्तसम्म गराउनुपर्नेछ ।त्यस्तैगरी, राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले माघ पहिलो हप्ता परीक्षाको समय तालिका प्रकाशन गर्ने, जिल्ला तथा प्रदेश र राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले माघ मसान्तसम्म परीक्षा केन्द्र निर्धारण गर्ने, सिम्बोल नम्बर कायम गर्ने, फागुन दोस्रो हप्तासम्म परीक्षा केन्द्र इन्ट्री र रुजु गर्ने र फागुन मसान्तसम्म जिल्लाले प्रयोगात्मक परीक्षाको अंक र अयोग्य विवरण पठाउनेछ । यस्तै कार्यतालिका अनुसार पुरक परीक्षा सञ्चालन २०८० को साउन अन्तिम हप्ता हुनेछ । कक्षा ९ को विद्यार्थी रजिष्ट्रेसन सम्बन्धमा नयाँ व्यवस्था गरिने भएकोले प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समितिसँग समन्वय गरी सो सम्बन्धी समय तालिका प्रकाशन गर्ने बोर्डले जनाएको छ ।
एसईई परीक्षा सञ्चालन चैतको दोस्रो सातादेखि हुने
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।