काठमाडाैं ।। निर्वाचन आयोगले आगामी मङ्सिर ४ मा हुने निर्वाचनको मत सर्वेक्षण नगर्न निर्देशन दिएको छ। आयोगले आज एक विज्ञप्ति जारी गर्दै निर्वाचन आचारसंहिता लागू भइसकेकाले मत सर्वेक्षण र नतिजा सार्वजनिक नगर्न निर्देशन दिएको हो।निर्वाचन आचारसंहिता, २०७९ अनुसार उम्मेदवारको मनोनयनपत्र दर्ता भएको दिनदेखि मतदान सम्पन्न नभएसम्म मतपरिणामका सम्बन्धमा कुनै सर्वेक्षण गर्न र त्यसको परिणाम घोषणा वा प्रकाशन गर्न पाइँदैन।आचारसंहिताको दफा ४ को (थ)मा निर्वाचनलाई प्रतिकूल प्रभाव पार्ने वा अवरोध गर्ने गरी विचार राख्न, प्रचारप्रसार गर्न वा अरूले प्रकाशन गरेका सामग्री सेयर गर्नसमेत नहुने व्यवस्था रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ।आचारसंहिताविपरीत यस्ता कार्य गरेमा कानुनबमोजिम कारबाही गर्ने आयोगले चेतावनीसमेत दिएको छ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here