रौतहट ।। नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीको रौतहट क्षेत्र नम्बर ३ को क्षेत्रिय समितीको भेला आज भसेढवामा सम्पन्न भएको छ । एसमाजवादीको क्षेत्रिय पार्टी अगुवा कार्यकर्ता भेला शनिवार सम्पन्न भएको हो ।
एसमाजवादीका पोलिट ब्युरो सदस्य रोजुदिन आलमको अध्यक्षतामा सम्पन्न भेलाले क्षेत्र नम्बर ३ को प्रतिनिधि सभा सदस्य र प्रदेश सभाको लागि नागेन्द्र राय यादवको एकल नाम सिफारिस गरेको छ । कार्यक्रमको प्रमुख अतिथिको रुपमा मधेस प्रदेश सरकारका उधोग, पर्यटन तथा वन राज्यमन्त्री नागेन्द्र यादव रहनु भएको हो ।
क्षेत्र नम्बर ३को कार्यकर्ताहरुको प्रस्तावमा यादवको एकल नाम सिफारिस गरेको कटहरिया वडा नम्बर १ का वडा अध्यक्ष भुपेन्द्र महतोले जानकारी गराउनु भयो ।मंसिर ४ गते हुने चुनावको लागि रौतहट क्षेत्र नम्बर ३ मा यादवको नाम सर्वसहमतिले पारित भएको बताए ।
प्रदेश सभा सदस्यको लागि क्षेत्र नम्बर ३ क मा नागेन्द्र राय यादवको नाम सिफारिस भएको छ । प्रदेश सभाको समानुपातिक तर्फ रामईश्वर चौधरी,सकिला खातुन,निशा कुमारी,बुधाई खाँ र रिना कुमारी चौधरीको नाम पठाईएको हो ।
त्यस्तै रौतहट क्षेत्र नम्बर ३ ख मा समिना हुसैन,कमल राय यादव,रामभरोस यादव प्रत्यक्ष तर्फ सिफारिस भएका छन् भने प्रदेश सभा समानुपातिक तर्फ राधामोहन यादव,राजदेव सहनी,सुनिता यादव,रामबाबु यादवको नाम सिफारिस भएको छ ।
सो अवसरमा एसमाजवादीका जिल्ला अध्यक्ष कमल राय यादव ,गरूडा नपाका मेयर प्रत्यासी ब्रिजकिशोर यादव,नेता कलिमुलाह अन्सारी,सोबिन्द्र चौधरी,सुरेन्द्र साह लगायत सयौं नेता कार्यकर्ताहरूको उपस्थिति रहेको राज्यमन्त्री यादवका सहयोगी ऋषि तिवारीले जानकारी गराउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here