प्रदीप कुमार दास ।। रौतहट ।।
सञ्चार माध्यमले बालबालिका तथा किशोर–किशोरीलाई उनीहरूका अधिकारबारे जानकारी दिलाउन, दूरदर्शिता बढाउन तथा उनीहरूलाई सार्वजनिक जीवनमा उतार्न पनि महत्वपूर्ण भूमिका निर्वाह गर्दछ त्यसैले सञ्चार माध्यमलाई बालबालिकाको हितका निम्ति सामाजिक र सांस्कृतिक सामग्री र सूचना प्रवाह गर्न चाइलड नेपालका अध्यक्ष कृष्ण सुवेदीले आग्रह गरेका छन् ।
रौतहटको चन्द्रपुरमा स्थित एक होटलमा बालअधिकार पैरवीका लागि आम सञ्चारको भूमिका विषयक दुई दिने प्रशिक्षण कार्यक्रमलाइ सम्बाेधन गर्दै अध्यक्ष सुवेदीले, बालबालिका सम्बन्धी विभिन्न स्रोत, स्थानीय र अन्तर्राष्ट्रिय सामग्री र सूचना उत्पादन, साटासाट र प्रवाह गर्दै विशेष गरी नेपालसँग सम्बन्धित पिछडिएका समूहमा पर्ने बालबालिकाको आवश्यकता प्रति आम सञ्चारले दिनु पर्ने बताए ।नेपालमा अहिलेको अवस्थामा बालबालिका माथि हुने भेदभाव तथा बाल शोषण ,बाल हिँसालाई न्यूनीकरणका लागि संचार माध्यमबाट हुने जति सहयोग र समाचारमा स्थान दिन सबै संग चाईल्ड नेपालले आग्रह गरे ।
कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका सह प्राध्यापक तथा पत्रकारिता क्षेत्रमा लामो समय बिताउनु भएका प्रशिक्षक कुन्दन अर्यालद्वारा रौतहटका विभिन्न संचारमा सक्रिय पत्रकारहरुलाई प्रशिक्षण दिनु भएका थिए । प्रशिक्षक अर्यालले, पत्रकारहरुलाई नयाँ नौलो कुराको जानकारी गराउनुको साथै पत्रकार अचारसंहिता सम्बन्धी जानकारी दिएका थिए । अहिलेकाे प्रकारीता ५ डवलु १ एच भन्दा माथी पुगि सकेकाे अवस्थमा अवकाे पत्रकारीता भावनात्मक र श्रृजनात्मक गर्नु पर्ने बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष प्रेमचन्द्र झा सबै सञ्चारकर्मीलाई बालबालिका सम्बन्धी सूचना र समाचार प्रसारण तथा प्रकाशन गर्न पनि ध्यानाकर्षण गराएको थिए।
चाइल्ड नेपालको आयोजना , जनसेवा नेपाल रौतहटको सहकार्य र काइण्डर नट हिल्फको सहयोगमा सञ्चालन भएकाे कार्यक्रममा नेपाल पत्रकार महासंघ रौतहट जिल्लाको अध्यक्ष प्रमचन्द्र झा ,समाजवादी प्रेस संगठन रौतहटको नवनिर्वाचित अध्यक्ष तथा बज्जिका एफएमका सञ्चालक दिनेश यादव , रेड टेलिभिजनका जयप्रकाश यादव , आरोही टेलिभिजनका मेवालाल यादव , शिलादिप अनलाइन खबरका प्रदीप कुमार दास,भोलेशंकर मिडियाका करण कुमार मिश्रा ,वर्तमानकाल दैनिक पत्रिकाका पवन कुमार उपाध्याय , मधेश जनआवाज एफएमबाट मञ्जु कुमारी ठाकुर र ममता यादव , फ्रोन्टलाइन् खबरका वीणा कुमारी श्रीवास्तव लगायत विभिन्न मिडियाकर्मीहरुको सहभागिता रहेको थियो ।
साथै, चाइल्ड नेपालको आयोजनामा नै माधवनारायण नगरपालिकाका बाल क्लबका बालबालिकाहरुको सहभागितामा बाल बेचबिखन,बाल श्रम,बाल विवाह तथा यौन हिँसा विरुद्ध बाल क्लबका सदस्यहरूको भूमिका समबन्धि दुई दिने कार्यक्रम समेत सम्पन्न भएको हो ।





