काठमाडाैं ।। निर्वाचन आयोगले आजदेखि दल दर्ताका लागि पेस भएका निवेदनबारे जाँचबुझ गर्ने भएको छ । आउँदो मंसिर ४ गतेका लागि तोकिएको प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा सहभागी हुन चाहने दललाई निर्वाचन आयोगले दर्ताको निवेदन दिन हिजोसम्मको समय दिएको थियो । आजदेखि भने दलको निवेदनमा आयोगले जाँचबुझ गर्न लागेको निर्वाचन आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार हिजो अबेरसम्ममा ८४ वटा दलले दर्ताका लागि निवेदन दिएका छन् । अब दलहरूले बुझाएका कागजातबारे अध्ययन गरेर दलहरूलाई दर्ताको लागि आयोगमा पेस गर्ने काम सुरु हुने उहाँले बताउनुभयो ।





