काठमाडाैं ।। नेपालमा पछिल्लो २४ घण्टामा ४ सय ५५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २ हजार ३ सय ८ पीसीआर र २ हजार ५ सय २१ एन्टिजेन गरि कुल ४ हजार ८ सय २९ नमुना परीक्षण गरिएको थियो । आज थपिएकासँगै सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार ४ सय ४३ पुगेको छ । पछिल्लो २४ घण्टामा थप २ जनाको मृत्यु भएको छ भने ३ सय २ जना निको भएका छन् । २४ घण्टामा १३ हजार ३ सय २८ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here