काठमाडाैं ।। बङ्गलादेशमा पछिल्लो एक हप्तामा ईन्धनको मूल्य ५० प्रतिशत सम्मले बढेपछि नागरिक बिरोधमा उत्रिएका छन् । बंगलादेशमा इन्धनको मूल्यमा भएको अप्रत्यासित बृद्धिले नागरिक चिन्तित भएका छन् । बंगलादेशमा पेट्रोलको मूल्य प्रति लिटर ८६ बाट १३० पुगेको छ । डिजेल र मट्टितेलको मूल्य पनि ४२.५ प्रतिशतले बढेको छ । रुस र युक्रेनबिच चलिरहेको युद्धका कारण ईन्धनको मुल्य एकै सातामा यो दरले आकासिएको बताईएको छ । तर नागरिकले भने मुल्यबृद्धी फिर्ता लिनुपर्ने माग गर्दै प्रदर्शन सुरु गरेका छन् । मुल्यबृद्धीका कारण एक करोड ६८ लाख भन्दा बढी मानिस गहिरो आर्थिक समस्यामा पर्ने प्रक्षेपण गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here