काठमाडाैं ।। नागपञ्चमी पर्व आज परम्परा र विधि अनुसार नागको पूजा गरि घरका मूलढोकामा नाग टाँसेर मनाइँदै छ । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन नागपञ्चमी मनाइन्छ । नागको तस्वीर टाँस्दा वर्षभरि घरमा नाग, सर्प र बिच्छीलगायत जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको डर नहुने धार्मिक विश्वास रहेको एकजना धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताउनुभयो । वैदिक मान्यताअनुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुसी पार्न पूजा गर्ने परम्परा बसेको उहाँको भनाइ छ । वराहपुराणमा उल्लेख भएअनुसार श्रावण शुक्ल पञ्चमीमा नागराजसँग ब्रह्माको संवाद भएकाले पनि आजको दिन नागपूजाका लागि प्रसिद्ध मानिन्छ । नागलाई विष्णु र शिवका रूपमा मान्ने प्रचलन वैदिक सनातन कालदेखि नै छ । आज काठमाडौँको नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरीलगायत देशभरका नागदह, कुण्ड, र नाग स्थानमा पूजाआजा गरि नागको सम्मानमा गाईको दूध, अक्षता, दुबो, खीर र रोटीलगायतका परिकार प्रसाद चढाइन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here