रौतहट ।। नेकपा एकीकृत समाजवादीका केन्द्रीय अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले भविष्यमा गौर नगरपालिकालाइ उपमहा नगरपालिकामा स्तरउन्नती गर्न सकिने बताउनु भएको छ ।
सोमबार रौतहट जिल्लाको राजदेवी नगरपालिका वड़ा नम्बर ७ मूडवालबामा शहरी विकास मन्त्रालयबाट निर्माण हुने वड़ा नम्बर १ देखि ९ सम्मको सड़क निर्माण कार्यको शिलान्यास गर्दै यस्तो बताउनु भएको हो ।
सघन सहरी तथा भवन निर्माण आयोजना पर्साले आयोजना गरेको उक्त कार्यक्रममा सम्वोधन गर्दै पूर्व प्रधानमन्त्री नेपालले गौर नगरपालिका र राजदेवी नगरपालिकालाइ मिलाएर गौरलाइ उपमहा नगरपालिका बनाउन सकिने धरना व्यक्त गरे ।
दुर्गा भगवती गाउपालिका र यमुनामाई गाउपालिका लाइ पूर्वाधार विकासको आधारमा नगरपालिकामा परिणत गर्न सकिने बताए । २०५१ सालमा तत्कालीन नेकपा एमालेबाट सरकारमा सहभागी भएको बेला बागमती नदीमा बाध निर्माणको लागि अहम् भूमिका निर्वाह गरेको जिकिर गर्दै नेता नेपालले अहिले पनि निर्माण भएको बांधमा आएको समस्याको चाडै समाधान गर्ने विस्वास व्यक्त गरे ।
निर्वाचित जनप्रतिनिधिहरुलाई पारदर्शी रुपमा जनताको काम गर्न निर्देशन दिदै अध्यक्ष नेपालले भ्रस्टाचार गरे कÞानूनी कार्यवाही भोग्नु पर्ने समेत चेतावनी दिए ।
कार्यक्रममा सम्वोधन गर्दै शहरी विकास मन्त्री मेटमणि चौधरीले अधुरो रहेको आयोजनाको पूरा गराउन आपहु तैयार रहेको समेत बताए । सहरी विकास मन्त्रालयबाट निर्माण भई रहेको योजना हरुमा निगरानी गर्न समेत आग्रह गरे ।
राजदेवी नगरपालिकाका नगर प्रमुख भिखारी प्रसाद यादको अध्यक्षतामा संपन्न भएको शिलान्यास कार्यक्रममा विकास समितिका संयोजक कल्याणी खडका , सांसद एवं पार्टीका प्रमुख सचेतक सरला यादव , पूर्व मन्त्री बंशीधर मिश्रा , पूर्व सभासद राम कुमार भटराई लगायत सुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहेको थियो ।
यस अघि पूर्व प्रधानमन्त्री नेपालले गौर नगरपालिका टेण्डर नै नभएको योजना सभा हल र विबाह भवन निर्माण को शिलान्यास गरेका थिए । गौर नगरपालिकामा निर्माण हुने सभा हल राम जानकी मंदिरको जग्गा रहेको र सो जग्गा अहिले सम्म नगरपालिकाको नाउमा रजिस्ट्रेशन समेत नभएको सघन सहरी तथा भवन निर्माण आयोजना पर्साका प्रमुख झट्ट बहादुर थापाले जनाएको छ । योजनाको औपचारिक रुपमा टेण्डर समेत नभएको उनले बताए ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here