काठमाडौँ ।। नेपालमा बाघको संख्या ३ सय ५५ पुगेको छ। अन्तर्राष्ट्रिय बाघ दिवसको अवसर पारेर आज प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौँमा आयोजित एक कार्यक्रममा चौंथो राष्ट्रिय बाघ गणनाको नतिजा सार्वजनिक गरेका हुन् । गत मंसिर १९ गते सुरू भएर फागुन २८ गते बाघ गणना सम्पन्न भएको थियो। सबैभन्दा बढी चितवन राष्ट्रिय निकुञ्ज र बर्दिया राष्ट्रिय निकुञ्जमा १२५-१२५ पुगेको छ। त्यसैगरी पर्सा निकुञ्जमा ४१, शुक्लाफाँटा निकुञ्जमा ३६ र बाँके निकुञ्जमा २५ वटा बाघ छन् । बाघ पाइने पाँच वटै राष्ट्रिय निकुञ्जमा सङ्ख्या बढेको छ। सन् २०१० मा नेपालमा १ सय २१ बाघ रहेका थिए।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।