काठमाडाैं ।। नागरिकता ऐन संशोधन विधेयक राष्ट्रिय सभाबाट पारित भएको छ । आज बसेको राष्ट्रिय सभाको दोस्रो बैठकले नागरिकता विधेयक पारित गरेको हो । विधेयक पारित गर्नुअघि गृहमन्त्री बालकृष्ण खाँणले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिनुभएको थियो । यसअघि गत शुक्रबारको प्रतिनिधि सभा बैठकले यो विधेयक पारित गरेको थियो । अब यो विधेयक राष्ट्रियसभाले प्रतिनिधिसभामा नै फिर्ता पठाउनेछ र प्रतिनिधि सभाले राष्ट्रपतिसमक्ष पठाउनेछ । राष्ट्रपतिले प्रमाणीकरण गरेपछि कार्यान्वयन हुनेछ । यो विधेयक पारित भएपछि जन्मको आधारमा नेपाली नागरिकता पाएकाहरूको सन्तानले वंशजको नागरिकता पाउनेछन् । बाबुको पहिचान हुन नसकेकाहरूले आमाको नामबाट पनि नागरिकता लिन पाउने भएका छन् । विधेयक पारित भएसँगै अहिलेसम्म नागरिकता लिन नपाएकाहरू खुसी भएका छन् ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।