काठमाडाैं ।। मतदाता नामावली सङ्कलन अभियानको ४० दिनमा तीन लाख ७५ हजार नयाँ मतदाता थपिएका छन् । प्रतिनिधि तथा प्रदेशसभाको आगामी निर्वाचनलाई लक्षित गर्दै गत असार १ गतेदेखि सुरु गरेको मतदाता नामावली दर्ता प्रक्रियामा सो सङ्ख्यामा मतदाता थपिएको निर्वाचन आयोगले जनाएको हो । आयोगले आफू बसेकै स्थानबाट समेत अनलाइनबाट मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था गरेको छ । जसअनुसार काठमाडौँमा बसिरहेका जुनसुकै जिल्लाका स्थायी मतदाता भएका व्यक्तिले दर्ता गराउन पाउने भएकाले अनलाइनमार्फत हुने आवेदननमा उत्साह थपिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो । प्रतिनिधि सभा तथा प्रदेशसभाको आगामी निर्वाचनको मिति घोषणा नभएसम्म नागरिकता प्राप्त नेपालीले मतदाता नामवलीमा नाम दर्ता गराउन सकिने आयोगले जनाएको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।












