एजेन्सी ।। कुवेतको नयाँ प्रधानमन्त्रीमा अहमद नवाफ अल–अहमद अल–सबाह नियुक्त हुनुभएको छ । राजनीतिक अस्थिरता बढ्दै गएको बेला कुवेतका अमिरहरूले सबाहलाई नयाँ प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् । कुवेतको सेन्टर फर गभर्मेन्ट कम्युनिकेसनले दिएको जानकारीअनुसार त्यहाँको संसदले राष्ट्रिय सभामा सो कुराको जानकारी गराउने छ । नवनियुक्त प्रधानमन्त्री र उहाँको नयाँ मन्त्रिमण्डलले आफ्नो कार्यभार सुरु गर्नुअघि राष्ट्रिय सभामा अनुमोदन गराउनुपर्ने संवैधानिक प्रावधान रहेको बताइएको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।