रौतहट ।। सशस्त्र प्रहरी बल रौतहटले आइतवार राती करिब २ क्वीन्टल गाँजा सहित एउटा गाडी नियन्त्रणमा लिएको छ । रौतहट जिल्ला स्थित आइतवार राती करिब १० बजेको समयमा राजपुर नगरपालिका वडा नं। ६ कुडियाबाट सशस्त्र प्रहरीले सो गाँजा बरामद गरेको हो ।
कुडियास्थित आँपको बगैंचामा पार्किङ गरी राखिएको भारतीय नम्बर डिएल सिएनबी ६२२९ नम्बरको स्कारपियो गाडीबाट सशस्त्र प्रहरीले सो गाँजा बरामद गरेको हो । गाडीमा १३ वटा पोकामा प्रतिपोका १४।८ केजीको दरले १ सय ९२।४ केजी गाँजा फेला पारेको सशस्त्र प्रहरी बलले जनाएको छ ।
सशस्त्र प्रहरीको मधेश प्रदेश वाहिनीले विशेष सूचनाको आधारमा खटिएको सुरक्षा टोलीले नियन्त्रणमा लिएको सवारी साधन र बरामद भएको गाँजालाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय रौतहटमा पठाएको सशस्त्र प्रहरी बल नेपाल ११ नम्बर गणले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here