काठमाडाैं ।। भारतमा आज राष्ट्रपतिका लागि मतदान हुँदैछ । भारतको १५ औं राष्ट्रपतिका लागि आज बिहान १० बजेबाट साँझ ५ बजेसम्म मतदान सुरु भएको छ । राष्ट्रपतिका लागि सत्ता पक्षको तर्फबाट द्रोपदी मुर्मूले उम्मेदवार दिनुभएको छ भने विपक्षबाट यशवन्त सिन्हाले उम्मेदवारी दिनुभएको छ । मतदान विधानसभा र संसद भवनमा हुनेछ । राष्ट्रपति चयनका लागि लोकसभा र राज्यसभाका उम्मेदवार तथा सांसदहरूले मतदान गर्नेछन् । आज मतदान सकिए पछि २१ जुलाईमा मतगणना हुने भारतीय सञ्चार माध्यमहरूले लेखेका छन् । वर्तमान राष्ट्रपति रामनाथ कोविन्दको कार्यकाल २४ जुलाईमा सकिने छ । निर्वाचति राष्ट्रपतिले २५ जुलाईबाट कार्यभारत सम्हाल्ने छन् ।





