काठमाडाैं ।। श्रीलङ्काको राष्ट्रपति निवास सेनाले आफ्नो नियन्त्रणमा लिएको छ । शनिवार प्रदर्शनकारीले कब्जा गरेको कोलम्बो स्थित राष्ट्रपति निवासलाई सेनाले आजमात्रै खाली गराएर नियन्त्रणमा लिएको हो । कार्यबाहक राष्ट्रपति रनिल विक्रमासिङ्घेले सेनालाई परिचालन गर्ने आदेश दिनुभएको थियो । मुलुकमा बढ्दो आर्थिक सङ्कट, इन्धन अभाव, खाद्यान्न अभाव लगायतका समस्याबाट जुँधिरहेका श्रीलङ्काका नागरिक सडकमा उत्रेका छन् । प्रदर्शनकारीले राष्ट्रपति निवासमाथि कब्जा गरेपछि राष्ट्रपति गोटाबाया राजपक्षेले देश छाड्नुभएको छ । कार्यबाहक राष्ट्रपति विक्रमासिङ्घेले राष्ट्रव्यापी आपतकालको घोषणा गर्दै सेनालाई देशको सुरक्षा सुम्पिएको बताउनुभयो । सेनालाई सुरक्षाको जिम्मा दिएसँगै श्रीलङ्कामा थप हिंसा भड्किने हो की भन्ने चिन्ता बढेको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।