एजेन्सी ।। श्रीलङ्काका कार्यवाहक राष्ट्रपति रनिल विक्रमासिङ्घेले सेना र प्रहरीलाई देशको हालत सम्हाल्न आदेश दिनुभएको छ । उहाँले देशमा शान्ति स्थापना गर्नको लागि आवश्यक कदम उठाउन पनि आदेशमा भन्नुभएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् । कार्यवाहक राष्ट्रपतिको यो आदेशसँगै सेनाले शान्ति स्थापनाको लागि सहयोग गर्न सबै नागरिकसँग अपील गरेको छ । आर्थिक र राजनीतिक सङ्कटको सामना गरिरहेको श्रीलङ्कामा चर्को विरोध भएपछि राष्ट्रपति गोटाबाया राजापाक्षे हिजो देश छाडेर भाग्नुभएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here