एजेन्सी ।। श्रीलङ्काका केही क्षेत्रमा सीमित मात्रामा इन्धन र ग्यास आपूर्ति गर्न सुरु भएको छ । लामो समयदेखि आर्थिक सङ्कटसँग जुँधिरहेको श्रीलङ्काको राजधानी कोलम्बोको ग्यास र इन्धन भर्ने केन्द्र र सामुदायिक केन्द्रमा हिजोदेखि ग्यास र इन्धन आपूर्ति सुरु गरिएको बीबीसीले लेखेको छ । हिजो बिहानैदेखि सर्वसाधारण लाइनमा बसेका छन् । श्रीलङ्कामा गत मे महिनादेखि खाद्यान्न, इन्धन र आवश्यक पर्ने अन्य वस्तुहरूको अभाव हुँदै आएको छ । मुलुकको विदेशी मुद्रा भण्डार पनि शून्य भइसकेको छ भने सरकारविरुद्ध मानिसहरू प्रदर्शन गरिरहेका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here