यितेन्द्र शर्मा ।। अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले आफनो देशको यस अडानलाई पुनः दोहो¥याउने काम गरेका छन कि पाकिस्तानको भुतपूर्व प्रधानमन्त्री इमरान खानको सरकारलाई सत्तावाट च्युत गराउन अमेरिकाको कुनै भुमिका रहेको छ । पाकिस्तानको प्रतिष्ठित पत्रिका “डन” मा प्रकाशित समाचार अनुसार अमेरिकी विदेश मन्त्रालयले पाकिस्तानका भुतपूर्व प्रधानमन्त्तीको आरोपलाई निराधार भनेको छ साथै यस आरोपमा कुनै पनि किसिमको सत्यता नरहेको अमेरिकी दावी छ ।
अमेरिकी विदेश मन्त्रालयको यस्तो प्रतिक्रिया त्यतिवेला आएको छ जव इमरान खानको पार्टी पाकिस्ूतान तहरिक–ए–इन्साफ पार्टीले अमेरिकासित आफनो आरोपको निम्ति क्षमा याचना समेत मागि सकेको छ । पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफका अनुसार पिटिआईले अमेरिकाका दक्षिण–मध्य मामिलाका सहायक मन्त्री डोनाल्डलुसित विदेशी षडयन्त्रको आरोप सम्बन्धि विषयका लागि माफी मागि सकेको छ । रक्षा मन्त्री आसिफले कुनै वेला अमेरिकाको विरोधमा नाराबाजी गर्ने पिटिआई अध्यक्षले, अमेरिकासितको पुरानो तिक्तरालाई विर्सेर दुईपक्षीय सम्बन्धलाई सुदृढ गर्नमा जोड दिईनुपर्ने माग गरिरहेको आरोप लगाएका छन् । गएको मार्चमा तात्कालिन प्रधानमन्त्री इमरान खान पदमा रहेकै वखत आफनो सरकारलाई अपदस्थ गराउन अमेरिकाले दवाव दिने काम गरेको तथा विदेशी पैसाको प्रयोग समेत भएको आरोप लगाएका थिए । उनको सरकार माथि अविश्वास प्रस्ताव लागे पछि उनी आक्रोशित भई अमेरिका माथि आरोप लगाएका थिए । पिटिआईका एक नेताले दावी गरे अनुसार वासिंगटन स्थित पाकिस्तानी राजदुतले इस्लामावादलाई पठाएको प्रतिवेदनको आधारमा यस्तो आरोप लगाइएको थियो । इमरान खानकी श्रीमती बुशरा बिवी सित सम्बन्धित अडियो लिक मामिलाबारे बोल्दै आसिफले यसलाई फौरेन्सिक जाँचका लागि पठाइएकोले पीटीआईले न्यायालयवाटै न्यायको खोजी गर्नु पर्ने सुझाव दिएका छन् । लिक अडियोमा कथित रुपमा बुशरालाई पीटीआईका डा.अर्सलान खालिद इन्टरनेट मिडियामा गद्यार शब्द ट्रेण्ड गरेको आरोपलगाइएको छ । पिटीआईले अमेरिका सित माफी मागे पनि अमेरिकाको आक्रोश कम भएको छैन ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here