काठमाडाैं ।। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले जग्गा धितो राखेर ऋण लिन रोक नलगाएको दाबी गर्नुभएको छ । आज राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयक २०७९ मा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत सांसदहरूले राखेको जिज्ञासको जवाफ दिने क्रममा मन्त्री श्रेष्ठले सरकारले धितो राख्न रोक लगाएको नभइ स्थानीय तहबाट जग्गाको वर्गीकरण भए पछि मात्र कित्ताकाट र धितो राखी ऋण लिन पाउने व्यवस्था गरेको बताउनुभयो । हाललाई जग्गाको किसिम, कृषि क्षेत्र हो वा गैर कृषि क्षेत्र, जस्ता विषयवस्तु खुलाए पुग्ने व्यवस्था गरेको उहाँको भनाइ थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here