काठमाडैं ।। बामदेव गौतमले नयाँ राजनीतिक दल निर्माण गर्नुभएको छ । गौतमले आज दिउँसो रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर नयाँ राजनीतिक दल निर्माण गरेको घोषणा गर्नुभयो । नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान घोषणा गर्नुभएका गौतम पार्टीको संयोजक बस्नुभएको छ भने ७५ सदस्यीय केन्द्रीय सदस्य रहेका छन् । त्यसमध्ये यो पार्टी समन्वय समितिको रुपमा रहँदासम्म केन्द्रीय सचिवालयमा ८ सदस्यहरू रहने छन् । पार्टीको संयोजकमा गौतम, सचिवमा डीबी कार्की र सदस्यहरूमा ओमशर्मा चालिसे, डिल्लीराज भट्टराई, दुर्गा भण्डारी, निकान्त पाण्डे, भगवती विष्ट र युवराज सफल रहेका छन् । पार्टीले संयोजक र सचिव बाहेक सबैजना सदस्यको रुपमा रहने जनाएको छ । नेकपा विभाजन पछि छुट्टै अभियानमा रहनुभएका गौतमले आफू पक्षधरको भेला गर्दै आउनुभएको थियो । नेकपालाई पुर्नजीवित गर्ने प्रयासमा रहनुभएका उहाँ दल एकीकरण हुने अवस्था नबनेपछि नयाँ दल गठन गर्न तर्फ लाग्नुभएको हो ।





