ताप्लेजुङ ।। ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–७ खेवाङमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ । गएराति घर माथिबाट खसेको पहिरोमा पुरिएर सासु तुलसा अधिकारी र बुहारी यशोदाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पहिरोमा परेर वेपत्ता उनीहरूको पुरिएकै अवस्थामा शव भेटिएको हो । यशोदाका श्रीमान् विष्णुले भने भागेर ज्यान जोगाउनुभएको छ । घाइते विष्णुलाई उपचारका लागि जिल्ला अस्पताल ताप्लेजुङ लगिएको छ । घटनास्थलमा प्रहरीको टोली पुगेको छ । पहिरोले अधिकारीका दुईवटा घर बगाएको छ भने नजिकै रहेका पशुचौपायासमेत पुरेको अनुमान गरिएको छ । पहिरोका कारण वडा नम्बर ६ का केही घरमा पनि क्षति पुगेको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।