रौतहट ।। आसन्न निर्वाचनको समय नजिकदै जादा दलका उम्मेदवारहरुले शक्ति प्रदर्शन सहितको घर दैलो कार्यक्रमलाइ तिब्र परेका छन् । बैशाख ३० गतेका दिन हुने स्थानीय तहको निर्वाचनमा सफल हुने लक्ष्य लिएर उम्मेदवारहरु मतदाताहरुको घर घर पुगेर मत माग्ने कार्यलाइ निरन्तरता दिएको हो । निर्वाचनमा भाग लिएका ठुला दल देखि साना दलका उम्मेदवारहरु आ आफ्नो पक्षमा मतदाता रिझाउन घर दैलो गरि रहेका छन् । रौतहट जिल्लाको १८ पालिकामा रहेका सवै वडाहरुमा जुलुस सहित घर दैलो कार्यक्रम गर्न नेताहरु व्यस्त देखिका छन् । नेपाली कांग्रेस , नेकपा एमाले , नेकपा माओवादी केन्द्र , जनता समाजवादी पार्टी नेपाल , नेकपा एकीकृत समाजवादी , लोकतान्त्रिक समाजवादी पार्टी नेपाल , राष्ट्रिय जनमोर्चा नेपाल , राष्ट्रिय प्रजातन्त्र पार्टी , नेपाल सुशासन पार्टी लगायत अन्य दलका मेयर ,उपमेयर , अध्यक्ष ,उपाध्यक्ष , वडा अध्यक्ष , वडा सदस्य तथा स्वतन्त्र रुपमा मेयर ,उपमेयर , वडा अध्यक्षमा मनोयन पत्र दर्ता गराएका उम्मेदवारहरुले चुनाव चिन्हा पाई सकेपछि प्रचार प्रसार र घर दैलो कार्यक्रममा लागि परेका हुन् । उम्मेदवारहरुले मतदातालाइ खुश पार्नका लागि चुनाव चिन्ह अंकित टि शर्ट , गम्छा , टोपी ,व्याच लगायतका सामग्री वितरण समेत गरेको देखिएको छ । चुनावी प्रचार प्रसार शुरु भएपछी भारतीय नम्बरको गाडीहरु छ्याप्छापी रुपमा गाउ बजारमा देखिएको छ । पार्टीको झण्डा लगाएको भारतीय नम्बर पलेट्को सवारी साधन बढी प्रयोग भैरहेको छ । जव कि विदेशी सवारी साधन चुनावी प्रचार प्रसारमा प्रयोग नगर्न निर्वाचन अचार सहिंताले भनि सकेको छ । मुलुकमा निर्वाचन हुन् लाग्दा सवै क्षेत्रमा कार्य गर्नेको आर्थिक रुपमा वृद्धि भएको छ । व्यापारी तथा व्यवसायीहरुको कारोवारमा बढोतरी समेत भएको छ । निर्वाचन भएपछी माछा ,मासु , कपडा , पेट्रोल , होटेल , प्रिन्टिंग प्रेस , फालेस बोर्ड , मजदुर , सवारी धनिको आयमा वृद्धि भएको छ । काम गर्ने मजदुरहरु पारिश्रमिक लिएर पार्टीका उम्मेदवारहरुको झण्डा ,पोस्टर , पप्लेट टास्ने कार्यमा लागि परेको हो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here