एजेन्सी ।। अमेरिकी सर्वोच्च अदालतले गर्भपतनको अधिकारसम्बन्धी कानुन उल्ट्याउन लागेको छ । सन् १९७३ को निर्णयले अमेरिकामा महिलालाई तीन महिनासम्मको गर्भपतन गर्न पाउने अधिकार दिएको थियो । तर अहिले सर्वोच्च अदालतले गर्भपतनको अधिकारसम्बन्धी कानुन उल्ट्याउन लागेको बीबीसीले जनाएको छ । यसले अमेरिकी लाखौँ महिलाले गर्भपतन गर्न पाउने कानुनी अधिकार गुमाउनसक्ने देखिएको छ । गर्भपतनविरोधी ल फर्म अमेरिकन्स युनाइटेड फर लाइफले अदालतलाई गर्भपतन समर्थक गतिविधिहरू वा प्रतिनिधि सञ्चारहरूको अपेक्षालाई उपेक्षा गर्न आह्वान गरेको छ । त्यस्तै अमेरिकामा प्रजनन स्वास्थ्यबारे सेवा दिने ठूलो संस्था प्लान्ड प्यारेन्टहुडले भने सुरक्षित र वैधानिक गर्भपतनको अधिकारको रक्षाका लागि आफूले लडाइँ जारी राख्ने बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here