काठमाडाैं ।। प्रधानमन्त्री शेरबहादुर देउवाले श्रमिकहरूको एकता र सङ्घर्षबाट नै परिवर्तन र उपलब्धि हासिल गर्न सम्भव भएको बताउनुभएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले नेपाली जनताको बलिदानीपूर्ण सङ्घर्षबाट प्राप्त लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था ल्याउन र हरेक लोकतन्त्र प्राप्तिको आन्दोलनमा श्रमिक वर्गको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्नुभयो । उहाँले लोकतन्त्र प्राप्तिको आन्दोलनमा योगदान पु¥याउने श्रमिकप्रति सम्मान व्यक्त गर्नुभयो । मुलुकको आर्थिक सामाजिक क्षेत्रको महत्वपूर्ण चालक शक्तिका रूपमा रहेको श्रमिक वर्गको काम र जीवनलाई मर्यादित बनाएर मात्रै उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्न सकिने उहाँको धारणा छ ।
दिवसको अवसरमा शुभकामता दिँदै सभामुख अग्निप्रसाद सापकोटाले नेपाली समाजको अग्रगामी परिवर्तनका लागि श्रमिक मजदुर वर्गको योगदान एवं बलिदानको स्मरण गर्दै सम्मान व्यक्त गर्नुभएको छ । दुई वर्ष यता कोरोना महामारीका कारण समग्र अर्थतन्त्रमा परेको नकारात्मक असरले श्रमिक तथा मजदुर वर्गले प्रत्यक्ष असर भोग्नु परेको भन्दै उहाँले कोरोनाको प्रभावमा कमी आएसँगै यस क्षेत्रमा सुधार हुने उल्लेख गर्नुभयो । श्रमिक एवं मजदुर वर्गको विशिष्ट योगदानका कारण संविधान सभाबाट बनेको संविधानमा श्रमिक एवं मजदुर वर्गको हक अधिकार समावेश भएको भन्दै संविधान प्रदत्त अधिकारहरुको व्यवहारिक कार्यान्वयनका लागि मजदुर वर्गको सामूहिक प्रयास जारी रहने उहाँको भनाइ छ । राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) साथै अन्य रोगबाट निधन भएका मजदुरसहित अन्य नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै बिरामीहरूको शिघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ । उहाँले पछिल्लो समय कोरोना महामारीको कारण विश्वका सबै मुलुकमा रहेको मजदुर वर्ग सबैभन्दा बढि समस्यामा परेको र भएका रोजगारीका क्षेत्र समेत गुमाउनुपर्दा बेरोजगारीको समस्या बढ्दो अवस्थामा रहेको बताउनुभयो । राज्यको भविष्यदर्शी नीति तथा कार्यक्रममार्फत श्रम तथा रोजगारीका क्षेत्रमा सुधार गर्न सकिने उहाँको भनाइ छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि दिवसको अवसरमा शुभकामना व्यक्त गर्नु भएको छ ।
अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा प्रधानमन्त्री देउवाकाे शुभकामना
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।