काठमाडाैं ।। नेपालमा राष्ट्रिय परिचयपत्र बनाउनेको सङ्ख्या बढ्न थालेको छ । सरकारले राहदानी लिनको लागि अनिवार्य गरेपछि राष्ट्रिय परिचयपत्र बनाउनेको सङ्ख्या बढेको हो । यसअघि परिचयपत्र बनाउनेको सङ्ख्या गन्न सकिने अवस्थामा रहेको भएपनि पछिल्लो समय मासिक ४ लाखले आवेदन दिने गरेका राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागका सूचना अधिकारी लक्ष्मण ढकालले बताउनुभयो । पहिलो चरणमा राहदानी लिनको लागि राष्ट्रिय परिचय पत्र अनिवार्य गरेको सरकारले अब विस्तारै सवारीचालक अनुमति पत्र लाइसेन्स लगायतका परिचयपत्र लिनको लागि पनि राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने तयारी गरेको छ । राष्ट्रिय परिचयपत्र बनाउन नागरिकता, विवाहित भए विवाह दर्ता र नागरिकतामा भएको ठेगाना परिवर्तन भएको भए बसाईसराइको कागजपत्र पेश गर्नुपर्ने हुन्छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।
अघिल्लो सामग्रीआज चैते दसैँ मनाइँदै
यसपछिको सामग्रीउत्तरी नाका सुचारु होला त ?
सुमिन्त्रा मिडिया प्रा.लि. गौर रौतहटद्वारा संचालित याे संगम खवर नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनु भएकोमा धन्यवाद । समाचारको लागि +977-9845134379 फोन गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here