काठमाडाैं ।। इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज एक मात्र खेल हुने भएको छ । आजको खेलमा चेन्नई सुपर किङ्ग्स र पञ्जाब किङ्ग्सबीच प्रतिस्पर्धा हुनेछ । मुम्बईको ब्राब्रोन स्टेडियममा हुने चेन्नई र पञ्जाबबीचको खेल साँझ ७ ः ४५ मा सुरु हुनेछ । यसअघि हिजो भएको खेलमा राजस्थान रोयल्स र गुजरात टाइटन्सले जित हात पारेको छ । हिजो भएको पहिलो खेलमा राजस्थानले मुम्बई इन्डियन्सलाई २३ रनले पराजित ग¥यो । टस हारेर पहिले ब्याटिङ्ग गर्ने मौका पाएको राजस्थानले निर्धारित ओभर खेल्दै ८ विकेट गुमाएर १ सय ९३ रन बनायो । १ सय ९४ रनको लक्ष्य पाएको मुम्बईले निर्धारित ओभरमा ८ विकेट गुमाएर १ सय ७० रन मात्रै बनाउन सक्यो । हिजै भएको अर्को खेलमा गुजरात टाइटन्सले लगातार दोस्रो जित हात पारेको छ । गुजरातले दिल्ली क्यापिटल्सलाई १४ रनले पराजित गर्दै लगातार दोस्रो जित हात पारेको हो । पुणेमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ्ग गर्ने मौका पाएको गुजरातले निर्धारित ओभरमा ६ विकेटको क्षतिमा १ सय ७१ रन बनायो । १ सय ७२ रनको लक्ष्य पछ्याएको दिल्लीले निर्धारित ओभरमा ९ विकेटको क्षतिमा १ सय ५७ रन मात्रै बनाउन सक्यो ।
आईपीएल टी–ट्वान्टी क्रिकेटमा आज चेन्नई र पञ्जाब खेल्दै
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।